चार पाङ्ग्रे सवारी किन्दा प्यान नम्बर अनिवार्य चाहिने

जनता संवाददाता
२०७९ भाद्र ३० गते, बिहीबार

काठमाडौं । चार पाङ्ग्रे सवारी साधन किन्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर पेश गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।

चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर पेश गर्नुपर्ने र बिक्रेताले उक्त स्थायी लेखा नम्बर बिक्री बिजकमा उल्लेख गर्नुपर्ने विभागले जनाएको छ । विभागले प्यान नम्बर अनिवार्य लागू गर्ने क्रममा यो नियम कार्यान्वयनमा ल्याएको हो ।

चालु आवको बजेटको ३९१ नम्बर बुँदाले यस्तो प्रावधान गरेको छ । पेशागत प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने भएको छ । यो प्रावधान कार्यान्वयन गर्ने निकायहरुलाई विभागले सूचित गरेको हो ।

विभागको सूचनाः

प्रकाशित मिति : २०७९ भाद्र ३० गते, बिहीबार


Scroll to Top

Janata Media