बिहानै संविधान दिवसको अवसर पारेर एमालेको वाकथन (पोेटोफिचर)

जनता संवाददाता
२०७९ आश्विन १ गते, शनिबार

काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा वाकथन (पदयात्रा) गरेको छ । संविधान दिवसको पूर्वसन्ध्यामा एमालेले वाकथन गरेको हो ।

वाकथनको सुरुवात एमाले अध्यक्ष केपी शर्मा ओलीले नै गरेका छन् । उनको साथमा धर्मपत्नी राधिका शाक्य पनि सहभागी छन् । बिहानै ७ बजेदेखि सुरु भएको वाकथन बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको थियो ।

यही असोज ३ गते को संविधान दिवसलाई राष्ट्रव्यापी रुपमा मनाउने र त्यसकै सन्देश दिनलाई काठमाडौं उपत्यकामा पदयात्रा गरिएको एमालेले जनाएको छ ।

प्रकाशित मिति : २०७९ आश्विन १ गते, शनिबार


Scroll to Top

Janata Media