डा. केसीको जीवनरक्षा गर्न चिकित्सक संघको माग

जनता संवाददाता
२०७९ आश्विन ३ गते, सोमबार

काठमाडौं । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ ।

संघले आइतबार विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएकोमा ध्यानाकर्षण गराएको छ । चिकित्सक संघले भनेको छ, ‘उहाँको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निकर्षमा पुर्‍याई डा. केसीको जीवन रक्षा गरिदिनु वार्ता टोलीलाई हार्दिक अनुरोध गर्दछ ।’

यसअघिका सम्झौता कार्यान्वयन र स्वास्थ्य क्षेत्रमा सुधारका माग राखेर डा. केसीअनशनरत छन् ।

उनलाई राखिएको सेती प्रादेशिक अस्पतालले मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्राबको शंका भएको भन्दै थप जटिलता हुन सक्ने हुनाले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरणका लागि पहल गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७९ आश्विन ३ गते, सोमबार


Scroll to Top

Janata Media