
काठमाडौं। नेपालले भियतनाममा जारी यु-१७ एसियन कप छनोटमा खराव सुरुवात गरेको छ।
बुधबार भएको खेलमा नेपाल थाइल्याªन्डको किशोर टोलीसँग ३-० ले पराजित भएको हो।
थाइल्याण्डको जितमा टोनटावन पुनटामुनीले २ गोल गर्दा अर्को एक गोल थानाक्रित जाम्पालीले गरेका थिए।
खेलमा थाइल्याण्डले ३५ औं मिनेटमा पुनटामुनीलेको हेड मार्फत अग्रता लिएको थियो।
पहिलो हाफमा १-० को अग्रता बनाएको थाइल्याण्डले दोस्रो हाफमा थप दुई गोल थप्यो।
६५ औं मिनेटमा अग्रता दोब्बर पार्दा थानाक्रित लोमनाकले पासलाई पुनटामुनीले सदुपयोग गरेका थिए। टिमका लागि तेस्रो गोल जाम्पालीले गरेका थिए।
उनले ७९ औं मिनेटमा टोलीका लागि तेस्रो गोल संभव बनाएका थिए।