बिहानैदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

जनता संवाददाता
२०७९ आश्विन २० गते, बिहीबार

काठमाडौँ । नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा पहिरो खसेपछि अवरुद्ध भएको सडक खुलेको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार बिहिबार बिहान ८:२० बजे लेदोसहितको पहिरो आएर दुईतर्फी रूपमै बन्द भएको सडक ११ बजेदेखि खुलेको हो ।

नारायणगढ-मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य सडक हो ।

प्रकाशित मिति : २०७९ आश्विन २० गते, बिहीबार


Scroll to Top

Janata Media