तारकेश्वरमा जुवा खेल्दै गरेका ८ जना पक्राउ

जनता संवाददाता
२०७९ कार्तिक १० गते, बिहीबार

काठमाडौं । प्रहरीले काठमाडौंको तारकेश्वरमा ८ जना जुवाडेलाई पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका पैयौटारस्थित भीमबाबु केसीको घरमा बुधबार राति साढे ११ बजे जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट १६ थान कौडा र नगद दुई लाख ४६ हजार ६८० रुपैयाँ बरामद गरिएको छ ।

प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको ।

प्रकाशित मिति : २०७९ कार्तिक १० गते, बिहीबार


Scroll to Top

Janata Media