२०७९ कार्तिक १५ मंगलवार, यस्तो छ तपाईँको राशिफल

जनता संवाददाता
२०७९ कार्तिक १५ गते, मंगलवार

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । शेयर बजारमा नोक्सानी बेहोर्नु पर्नेछ, साँझमा भने कार्य सम्पादनमा सहजता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । मित्रताको बन्धन कसिने समय छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समय तथा स्वास्थ्य अनुकुल छैन । पढाई लेखाइमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानी गर्नुपर्नेछ, तर यात्राको अवसर भने मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तान पक्षको मायामा कमी आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्ने छ र सामान पनि हराउन सक्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या पनि समाधान हुनेछन् ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । स्वास्थ्य पनि सबल नै रहनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । मन पर्ने वस्त्र, अलंकार आदि पाइने योग छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रकाशित मिति : २०७९ कार्तिक १५ गते, मंगलवार


Scroll to Top

Janata Media