फोटो खिच्न मात्र दार्चुलामा एक रात बस्ने गरी आउने ओलीको घोषणा

जनता संवाददाता
२०७९ कार्तिक १८ गते, शुक्रबार

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुलामा एकरात बस्ने गरी आउने बताएका छन् ।  शुक्रबार दार्चुलामा भएको चुनावीसभालाई सम्बोधन गर्दे अध्यक्ष ओलीले आफूसँग सेल्फी खिच्ने दार्चुलाका बासिन्दाको इच्छा पूरा नभएको र सो पूरा गर्न दार्चुला बस्ने गरी आउने बताए ।

‘एक दिन दर्चुला बस्ने गरी आउनेछु । दिदिबहिनी दाजुभाइले भोटो खिच्ने रहर गर्नुभएको छ त्यो पूरा गर्न एकदिन बस्ने गरी आउनेछु,’ ओलीले भने ।

एमालेको काम देखेर गठबन्धनको आँखा तिर्मिराएको बताए । उनले अप्ठेरो ठाउँमा गरिएको कार्यक्रममा एमालेको आकर्षण कति रहेको देखाएको बताए । ‘६ लेनको सडक भएको जनकपुरमा अभियान सुरु गरिएको होइन ।  भिर पाखा भएको ठाउँमा सभा गरिएको छ ।  हामीले बाल्न थालेको बत्तिले अरुका आँखा तिर्मिराएका छन्,’ उनले भने ।

प्रकाशित मिति : २०७९ कार्तिक १८ गते, शुक्रबार


Scroll to Top

Janata Media