जनता मिडियाले गर्यो, हुम्लाको नाम्खा गाउँपालिकासँग अन्तरक्रिया

जनता संवाददाता
२०७९ मंसिर १२ गते, सोमबार

हुम्ला । जनता मिडियाले हुम्लाको नाम्खा गाउँपालिकासँग अन्तरक्रिया गरेको छ । सिमकोटमा रहेको तिवेतिन होटेल स्थित जनता मिडियाको आयोजना र नाम्खा गाउँपालिकाको सहयोगमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जनता मिडियाका सञ्चालक चक्र दानीको सभापतित्वमा र नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सोहि गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहन बहादुर शाही, १ देखि ६ सम्मका वडाअध्यक्षहरु र अन्य कार्यपालिकाका सदस्यहरुको उपस्थिति थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले हुम्लालाई राष्ट्रिय सडक सञ्जाल र राष्ट्रिय प्रसारण लाईनमा जोड्नै पर्नेमा गाउँपालिका लागेको बताए । उनले भने, ‘राष्ट्रिय सडक सञ्जाल, राष्ट्रिय प्रसारण लाईन र पर्यटनलाई जनता मिडियाले विशेष प्राथमिकता दिने हो भने हुम्लाको विकासमा थप टेवा पुग्ने थियो । यसका लागि हामी पनि लागिरहेका छौँ । यसै गरी सबैको साथ सहयोग चाहिएको छ ।

उनले थपे, ‘म आफै पनि न्यायिक समितिको संयोजक भएकोले नाम्खा गाउँपालिकामा रहेको कुनै धर्म, वर्ग भनेर हेप्ने छैन र हेप्न दिने पनि छैन । योजना तर्जूमा गर्दा उपभोक्ता समिति गठन गर्दा कुनै पक्ष विपक्ष नभनि निष्पक्ष ढंगले सबैलाई न्याय हुने गरी काम गर्नेछु ।’

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवम् नाम्खा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहन बहादुर शाहीले स्थानीय सरकार तल्लो तहको सेवा प्रवाह गर्ने निकाय भएकाले कुनै काम गर्दा ऐन नियमले नदिने कामहरु गरेको बताए । उनले भने, ‘स्थानीय निकाय भनेको तल्लो तहको सेवा प्रवाह गर्नेसंस्था हो । सैवा प्रवाह गर्दा कुनै कुरामा ऐन निउमले पनि नदिने व्यावहारिक कुरा पनि हेर्नुपर्ने हुन्छ । यस्ता कुरामा बुझेर मात्र समाचार बनाउनुहोला ।’

उनले थपे, ‘मिडिया स्थानीय सरकार सञ्चालनका लागि एकदमै अपरिहार्य छ । हाम्रो पालिका राम्रो कामका लागि साथ, सहयोग गर्न सँधै तयार छ । हामी नाम्खाको विकासका लागि जो सुकै सँग सहकार्य गर्न तयार छौँ ।’

कार्यक्रमका सभापति एवम् जनता मिडियाका सञ्चालक चक्र दानीले स्थानीय सरकारलाई विकासमा सघाउ पुर्याउन र स्थानीय सरकारले लिएको योजनालाई सफल पार्न मिडियाको तर्फबाट हुने सबै खाले सहयोग गर्ने बताए ।

कार्यक्रममा १ देखि ६ सम्मका वडा अध्यक्षहरुले पनि आ-आफ्नो धारण राखेका थिए । उनीहरुले आ-आफ्नो समस्या पनि राखेका थिए । कार्यक्रममा जनता मिडियाका संवाददाता अंगराज परियार र नन्द कृष्न थापा ले सहजिकरणको भुमिका निर्वाह गरेका थिए । यस्तै गरी क्रमश हुम्लाका अन्य गाउँपालिकामा पनि अन्तरक्रिया कार्यक्रम हुनेछ ।

प्रकाशित मिति : २०७९ मंसिर १२ गते, सोमबार


Scroll to Top

Janata Media