त्रिभुवन विमानस्थलबाट साढे १९ केजी सुनसहित १ जना पक्राउ

जनता संवाददाता
२०७९ पुष ८ गते, शुक्रबार

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे १९ केजी सुन बरामद गरेको छ ।

फ्लाई दुबईको उडानबाट आएका सुडानी नागरिकको साथबाट साढे १९ किलो तरल सुन ९लिक्विड गोल्ड० वरामद भएको विमानस्थलका डीआईजी श्याम ज्ञवालीले बताए ।

विमानस्थलको भन्सारमा नियमित जाँचकै क्रममा सुन फेला परेको उनले बताए ।

प्रहरीले सुन लिएर आउने सुडानी नागरिकलाई पक्राउ गरि आवश्यक अनुसन्धा भइरहेको जनाएको छ ।

 

प्रकाशित मिति : २०७९ पुष ८ गते, शुक्रबार


Scroll to Top

Janata Media