नेपाली कांग्रेस भित्रको नीति महाधिवेशन अझै अनिश्चित

जनता संवाददाता
२०७९ पुष २० गते, बुधबार

काठमाडौं । १६ पुसमा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा वक्तव्य निकालेर भने, ‘नीति महाधिवेशन गरी पार्टीको नीति योजना र कार्यक्रम तय गर्ने काम अविलम्ब गर्नुपर्नेछ ।’

महामन्त्रीद्वयको वक्तव्यलाई लिएर कांग्रेसभित्र फरक–फरक धारणा प्रकट भएका छन् । दुई महामन्त्रीले निकालेको वक्तव्यलाई स्वाभाविक रुपमा लिनेदेखि त्यसको विपक्षमा मत राख्नेहरुसम्म देखिएका छन् ।

कार्यान्वयन गर्ने तहमा भएका व्यक्तिहरुले वक्तव्य निकालेर नीति महाधिवेशनको माग गर्नु गलत भएको बताउँँछन्, संस्थापन पक्षका नेताहरु । उनीहरुमध्ये एक पूर्व उपसभापति विमलेन्द्र निधि भन्छन्, ‘कुनै पनि पदाधिकारीले पार्टी सभापतिको अनुमति नलिई यस्तो विज्ञप्ति निकाल्नु हुन्न ।’ पार्टी सभापतिलाई भेटेर भन्नुपर्ने विषयमा वक्तव्य निकाल्नु गलत भएको उनले सुनाए ।

अर्कोतर्फ, ‘नीति महाधिवेशन अविलम्ब गर्नुपर्नेछ’ भन्ने वक्तव्यले महामन्त्रीद्वयले कहाँ गल्ती गरे रु भन्ने प्रतिवादका विचारहरु पनि छन् । महाधिवेशन पश्चात् ६ महिनाभित्र गर्ने भनिएको नीति महाधिवेशन छिटो गरौं भन्ने तत्परतालाई अस्वाभाविक रुपमा लिन नहुने संस्थापन इतरका एकजना नेता बताउँछन् ।

प्रकाशित मिति : २०७९ पुष २० गते, बुधबार


Scroll to Top

Janata Media