बुढानिलकण्ठ नगरपालिका १३ नं वडा गाम्चामा मु : ध्वाखा (गेट ) को शिलान्यास 

जनता संवाददाता
२०७९ पुष २१ गते, बिहीबार

काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिका वडा नं १३ गाम्चामा मु : ध्वाखा (गेट ) शिलान्यास  गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का अध्यक्ष टिकेस नारायण श्रेष्ठले सो द्वार शिलान्यास गरेका हुन।

करिव ३० लाखको लागत अनुमान रहेको चुनिखेलको ऐतिहासिकता र संस्कृति झल्कने  सो द्वार निर्माणका लागि वडा कार्यालयले १० लाख रकम बिनियोजन गरेर काम अगाडी बढाएको हो।

बुढानिलकण्ठ नगर कार्यपालिका सदस्य रिना श्रेष्ठ लगायतको उपस्थिति रहेको सो द्वार शिलान्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष श्रेष्ठले  वडा नं  १३ चुनिखेल भित्रका  प्राचिन बस्तिहरुमा निर्माण हुने घरहरु दाचि इट्टा प्रयोग तथा  मौलिक शैली झल्किने गरि सेतो चुना प्रयोग गर्ने अभियान सुरु गरिएको जानकारी दिएका थिए।

प्रकाशित मिति : २०७९ पुष २१ गते, बिहीबार


Scroll to Top

Janata Media