नाम्खा गाउँपालिकाको आठौं हिउँदे गाउँसभा सम्पन्न

जनता संवाददाता
२०७९ पुष २१ गते, बिहीबार

ओबराज शाही, हुम्ला। हुम्ला प्रदेश निर्वाचन ९ख० मा पर्ने नाम्खा गाउँपालिकाले आठौं हिउँदे गाउँसभा सम्पन्न भएको छ । आवश्यक कानूनहरु निर्माण गरेर हिउँदे गाउँसभा सम्पन्न गरेको हो । मंगलबार सञ्चालन भएको गाउँ सभाले ऐन, कानून र नियमहरु निर्णय गर्दै सम्पन्न गरेको थियो ।

हिउँदे गाउँसभामा दश वटा आवश्यक कानूनहरु पारित गर्दै सम्पन्न भएको गाउँपालिका अध्यक्ष प्रेम लामाले बताए । अध्यक्ष लामाले सभाद्वारा स्थानीय बन ऐन, स्थानीय विपद ब्यवस्थापन कोष सञ्चालन कार्यविधि, विषयगत समिति सञ्चालन कार्यविधि, विपद व्यवस्थापन प्रति कार्य योजना, युवा सञ्चालन कार्यविधि, मेलमिलाप केन्द्र सञ्चालन सम्वन्धि कार्यविधि, टोल विकास सञ्चालन कार्यविधि, आर्थिक सहायत कार्यविधि, दिगो विकास लक्ष्यहरु, स्थानीयले गरेको नीति र मेसिनरी औंजार ९डोजर० सञ्चालन कार्यविधि पारित गएको बताए । यी ऐन र कार्यविधिहरु सबै २०७९ मा नै पारित गरिएका छन् । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महन बहादुर शाही अनुसार सबै ऐन नियमहरु सभाले सर्वसम्मत निर्णय गर्दै पारित गरेको जानकारी दिए ।

त्यस्तै सभाले पारित गरेका ऐनहरु गाउँपालिकाको राजपत्रमा प्रकाशन गरेर तत्काल कार्यान्वयनमा ल्याउने बताए । यो कानून निर्माण गरि पारित गर्दा काम गर्न सहज हुने गाउँपालिका स्रोतले जनाएको छ । गाउँपालिका अध्यक्ष प्रेम लामाको अध्यक्षतामा बसेको सभामा उपाध्यक्ष दक्दिर लामाले ऐन नियमका प्रस्तावहरु प्रस्तुत गरेका थिए । सभाका सदस्यहरुले प्रस्ताव माथि सामान्य छलफल गरेका थिए ।

प्रकाशित मिति : २०७९ पुष २१ गते, बिहीबार


Scroll to Top

Janata Media