
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाले गर्भवती र सुत्केरी महिलाहरुका लागि ‘पोषण थैली’ उपहार दिन शुरु गरेको छ । सुनौलो हजार दिनका महिलाको पोषणमा सुधार ल्याउन हुम्लाको सिमकोट गाउँपालिकाले ‘पोषण थैली’ वितरण शुरु गरेको छ ।
पोषण नपुगेर गर्भवती र सुत्केरी महिलाहरुको स्वास्थ्य अवस्था बिग्रदैं जाने गरेका कारण गाउँपालिकाले चालु आर्थिक वर्षबाट शुरु गरेको नयाँ कार्यक्रम ‘अध्यक्ष उपाध्यक्ष ल्याउदै छन कोशेली, गर्भवती र सुत्केरी महिलाहरुलाई पोषण थैली’ भन्ने नाराका साथ सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त खाद्यन्न समावेश गरेको पोषण थैली वितरण गरिएको गाउँपालिकाका अध्यक्ष बीजय भण्डारी ९प्ररिोध०ले जानकारी दिए ।
गाउँपालिकाले वडा नं २ ठेहेमा भएको स्वास्थ्य चौकीमा एक विशेष कार्यक्रकको आयोजना गर्दै पोषण थैली वितरण कार्यक्रमको शुरुवात गरेको हो । ‘सुनौलो हजार दिन भित्रका आमाहरुलाई पोषणको मात्रामा कमी नहोस् भन्नका लागि गाउँपालिकाले पालिकाका आठ वटै वडामा पोषण थैली वितरण अभियान शुरु गरेका हौं,’ उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै पालिका अध्यक्ष भण्डारीले भने, ‘यो अभियानले हाम्रो सिमकोट गाउँपालिकामा कुपोषणका कारण आमा र नवजात शिशुले ज्यान गुमाउने दरमा कमी ल्याउने छ ।’
सिमकोट–२ का वडा अध्यक्ष देवजन बोहराको अध्यक्षतामा आयोजना गरिएको कायर्एक्रममा वडामा १० जना गर्भवति र सुत्केरी महिलाहरुका लागि ‘पोषण थैली’ वितरण गरिएको ठेहे स्वास्थ्य चौकीका इन्चार्ज दानबहादुर बोहराले जानकारी दिए । उनका अनुशार पोषणा थैलीमा पालिकाले ४ पोका तेल, १ क्यारेट अण्डा, ५ चक्खी कपडा धुने साबुन, ५ चक्खी नुहाउने सावुन, ५ केजी रातो चामल, आधा किलो घ्यू, महिलाको लागि कपडा, १ ओटा ग्रीन हाउसको पाल, तरकारीको विउँ, नङकट, दाँत माच्ने ब्रस, मञ्जन, लगायतका सामाग्री समावेश गरिएको छ ।
साँस्कृतीक कार्यक्रमका बीच शुरु भएको ‘पोषण थैली’ वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिता परियार, सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुशिला भाम ९रोकाया०, सिमकोट, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजन रावतलगायतका सञ्चारकर्मी, सिमकोट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको उपस्थिती रहेको पालिकाका निमित्त कार्यकारी अधिकृत उजिर रोकायाले जानकारी दिए ।