हुम्ला । हुम्लाको अदानचुलीमा जनप्रतिनिधिद्धारा लगाईएको ताला आज गाउँपलिकाले खोलेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत र लेखापाले गाउँपालिकाको कार्यालय सुर्खेतमा बनाइ कामकाज गर्दै आएको र २१ गते बिहान एक्कासी आएर गाउँपलिकामा हाजिर लगाउन खोज्दा गाउँपालिकाका उपाध्यक्षको निर्देशान गाउँपालिकाको प्रशासकिय भबन ताला लगाइएको थियो ।
ताला लगाएको करिब ६ दिन पछि आज साँझ २ बजे तिर फेरी गाउँपालिकाका उपाध्यक्षकै निर्देशनमा वडा अध्यक्षहरु गएर ताला खोलेका छन् । सबै वडाका वडा अध्यक्षहरु गएर प्रहरी प्रशासनको रहोबरमा आफैले लगाएको ताला आफैले खोलेका हुँन् । सो समयमा वडा नम्बर ४ का वडा अध्यक्ष मनऋषि पाण्डेले उपाध्यक्षको निर्देशनमा ताला खोलीएको बताए ।
यता उपाध्यक्षले भने गाउँपालिकाले सुर्खेतमा चलाउने र ४।४ महिना सम्म हाजीर नगरी सर्खेतमै बसी गाउँपलिकालाई उपहरण गर्न खोजेकाहरुले एक्कासी आएर हाजिर गर्न खोज्दा यसको निकास दिनको लागि अर्थात छिटो छलफल होस् र त्यो कुरा सबै नागरीकले थाहा पावस भन्ने हिसाबले ताला लगाएको स्वीकार्नु भएको छ ।