सुदूरपश्चिम प्रदेश: सभामुख चयनका लागि आज निर्वाचन

जनता संवाददाता
२०७९ पुष २८ गते, बिहीबार

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयन आज हुँदैछ । सभामुख पदमा दुई जनाको उम्मेदवारी परेकाले निर्वाचनमार्फत् चयन गर्न लागिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले जनाएको छ ।

सभामुख पदका लागि सत्ता साझेदार दलहरुको तर्फबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसको तर्फबाट मानबहादुर रावल उम्मेदवार छन् ।

भण्डारीलाई उनको पार्टी माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदको समर्थन छ । रावललाई उनको पार्टी नेपाली कांग्रेससँगै एकीकृत समाजवादीका सांसदहरुले समर्थन गरेका छन् ।

५३ सदस्यीय प्रदेश सभामा सभामुखमा विजयी हुन कम्तिमा २७ मत ल्याउनुपर्छ ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल बुधबार नियुक्त भइसकेका छन् ।

प्रकाशित मिति : २०७९ पुष २८ गते, बिहीबार


Scroll to Top

Janata Media