हुम्लामा पुसमै फुल्यो, स्याउका बोटहरुमा ढकमक्क फूल

जनता संवाददाता
२०७९ पुष २८ गते, बिहीबार

ओबराज शाही, हुम्ला । मौसम परिवर्तन भएसँगै जिल्लाको सिमकोटको तापक्रम माइनस ९ डिग्रीसम्म पग्ने गरेको छ । तर पनि स्याउका बोटहरुमा ढकमक्क फूल फुलेको देख्न सकिन्छ ।

सिमकोट गाउँपालिका वडा ७ का किसान हिरा बहादुर शाहीले आफ्नो स्याउ बारीको पाँच वटा रुखमा फूल फुलेको भएपनि फल नलागेको बताए । छेउछाउको वन जंगलमा आगलागी हुनुका साथै समयमा पानी र हिउँ नपर्दा स्याउको बोटमा बेमौसममा फूल फुलेको उनले बताए ।

त्यस्तै सिमकोट गाउँपालिका वडा ६ की राधिका रोकायाको स्याउ बारीमा रहेका करिब दश बोटमा फूल फुलेको छ । बमौसममा फुलेको फूलले घरमा नराम्रो घटना हुने परम्परागत मान्यात रहेको उनले बताइन् । ‘यो कुरा सबैले नबुजेर भनेका रैछन्, यो मौसम परिवर्तनका कारण हुने रैछ’ उनले भनिन् ।

प्रकाशित मिति : २०७९ पुष २८ गते, बिहीबार


Scroll to Top

Janata Media