नायिका करिश्माले डिल्लीराम खनालविरुद्ध दिइन् सिआईबीमा उजुरी

जनता संवाददाता
२०७९ माघ २५ गते, बुधबार

काठमाडौं । युट्युबमा जथाभावी बोल्दै हिँड्ने एक व्यक्तिलाई नायिका करिश्मा मानन्धरले साइबर ब्यूरोमा उजुरी हालेकी छिन्। डिल्लीराम खनाल नामका ती व्यक्तिले नायिकाको विषयमा युट्युबमा व्यक्तिगत लाञ्छना लगाउँदै अन्तर्वार्ता दिएको भिडियो मानन्धरले सार्वजनिक गर्दै लेखेकी छिन्, यो अत्ति भयो ?

नायिका मानन्धरले आफू आफ्नो संसारमा खुशी रहेको भन्दै आफूलाई अनेक लाञ्छना लगाउँला कलाकारहरूलाई यस्तै भन्छन्, भनेर सहे पनि अब भने अति भए पछि उजुरी हालेको उनले लेखेकी छिन्। हिजो साइबर ब्यूरोमा निवेदन हालेको छु। हेरू नेपाल को कानुन कत्तिको बलियो छु, उनले भनेकी छिन्।

प्रकाशित मिति : २०७९ माघ २५ गते, बुधबार


Scroll to Top

Janata Media