हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकाले किसानहरुलाई स्याउका बिरुवा वितरण गरेको छ । गाउँपालिकाले स्थानीय कृषकलाई नौ हजार स्याउका बिरुवा वितरण गरिएको हो ।
गाउँपालिकाको कुषि शाखाले प्रधानमन्त्री आधुनिकीकरण परियोजना अन्तर्गत वडा नं ३ का घरधुरिलाई स्याउका बिरुवा वितरण गरिएको हो । स्याउ बोटाका लागि खाल्डो बनाएका स्थानीय कुषकहरुलाई वितरण गरिएको बताईएको छ ।
अर्गानिक उत्पादनलाई प्राथमिकता दिँदै गाउँपालिकालाई नमूना बनाउने उद्देश्यका साथ उक्त परियोजना अगाडि बढाइएको हो ।







