
काठमाडौं । काठमाडौं महानगरपालिका भित्र घरबहालमा लगाउँदा बीमा गराउनुपर्ने भए त्यसको जिम्मा घरधनीले नै लिनुपर्ने भएको छ ।
महानगरले ल्याएको ‘घर बहाल व्यवस्था निर्देशिका २०७९’ अनुसार घरको बीमा बहालमा लिने वा दिने जुन पक्षले गरेपनि बीमा बापत खर्च भएको रकमको दायित्व घरधनीकै हुने व्यवस्था गरेको हो ।
निर्देशिका अनुसार बीमा गर्न/गराउन घर बहालमा दिनेले घर सम्बद्ध आवश्यक कागजात घर बहालमा लिने व्यक्तिलाई उपलब्ध गराउनुपर्नेछ ।
‘पुरै घर बहालमा नलिइ कुनै तला वा कोठा वा घरको आंशिक एकाइ मात्र बहालमा लिएको अवस्थामा भने घरको बीमा गराउने जिम्मेवारी घरधनीकै हुनेछ’ निर्देशिकामा भनिएको छ ।
घर बहालमा लिने व्यक्तिले घरको बीमा गराएको अवस्थामा भने सो बापत लागेको खर्च घरधनीलाई बुझाउने बहाल रकममा कट्टा गर्न पाउने व्यवस्था
महानगरले गरेको छ । महानगरले गरेको व्यवस्था अनुसार बहालमा लिनेरदिने घरको बीमा गर्ने सम्बन्धी अन्य विषय बहाल सम्झौतामा उल्लेख गरेबमोजिम हुनेछ ।