युवराज भण्डारी, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा राष्ट्रिय खाद्य बैँकको शाखा कार्यालय स्थापना भएको छ । “पोशिलो आहारको लागी दिगो कृषि उत्पादन हाम्रो अभियान” भन्ने मुल मन्त्र सहित गाउँपालिकासँग समन्वय गर्ने गरी शाखा कार्यालय स्थापना भएको हो ।
सदरमुकाम स्थित सिमकोट गाउँपालिका र चवालीस कोष टाढा रहेको अदानचुली गाउँपालिकाले अर्गानिक अन्नपात खरिद बिक्रीका लागी खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग सम्झौता गरी रहेका बेला मध्य क्षेत्र रहेको सर्केगाड गाउपालीकामा राष्टिय खाद्य बैँक शाखा कार्यालय स्थापना भएको छ ।
नेपालमा पहिलो पटक खानेकुराहरुसँग खुलेको बैँकले उत्पादनलाई समेत सहजता ल्याउने भएको राष्टिय खाद्ये बैँक सर्केगाडका सञ्चालक उब्जन फडेराले बताए । रैथाने बालीको उत्पादनमा जोड दिने गरी पालिका कृषि समुह लगायका सरोकारवालहरु लाई सहभागीता गराएर शाखा कार्यालयको उद्धघाटन भएको सञ्चालक फडेराको भनाई रहेको छ ।
४५० जना भन्दा बढी विषयगत कृषी विज्ञहरुको टीम र उत्पादनमा केही गरौ भनेर लागेका युवा जनशक्ति देखी लिएर देश बाहीर रहेर काम गरीरहेको टीम आबद्ध हुनुहुन्छ । २२ वटा जिल्ला बाट सुरु गरी हुम्ला २७ औँ जिल्लाको रुपमा रहेको छ । ७७ वटै जिल्लामा जोडीने तयारीका साथ देशलाई कृर्षीमा आत्म निर्भर बनाउने खाद्ये बैँकको उदेश्य छ । काठमाडौको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको उक्त बैँकले यस क्षेत्रमा भण्डारण अत्याधिक भएको खण्डमा बाहीर सम्म पनि पुगाउने तयारी रहेको छ ।
राष्टिय खाद्ये बैँकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले बताए अनुसार धान,गहुँ,कोदो,मकै,फापर,चिनो कागुनो,जौ,उवा लगागतका अन्न बालीहरु,सीमी,मास,गहत,भटमास,बोडी,केराउ,चना,गेडागुडीहरु तेलबाली र फलफुल बालीहरुको समुह बनाई सम्बन्धीत भएर काम गर्ने छ । उनले भने देशभरी यसको कार्य क्षेत्र बनाई काममा लागेर दुई अर्ब रुपैया पुजी लगानी गर्ने गरी सीरोमनीका रुपमा काम गरेको छ । प्राङ्गारिक खेती प्रणालीलाई पहिलो प्राथमीकतामा राख्ने र विषादी रसायन नभएको खानेकुरा बनाउनु पर्छ भनेर सचेतना जगाउने अभियानको रुपमा पनि रहने उनको भनाई छ ।
अधिकांश भान्साहरुमा अर्गानिक अन्नबालीको खानाहरु हटेर गएकोले अर्गानिक अन्नबाली आफैमा पोषणयुक्त खानेकुराहरु पाईने हुँदा संरक्षण गर्न जरुरी रहेको छ । पिता पुर्खाले सम्पतीको रुपमा छोडेर गएको रैथाने बिउ विजन लोभ भई उत्पादनमा कमी हुदा बाह्य खाने कुराहरुको माग बढ्दै गएको छ ।
करीब ६ अर्बको वार्षिक रुपमा कृषि उपज ल्याएर खानुपर्ने एक तथ्याङ्कले देखाएकाले जसको न्युनीकरणका लागी रैथाने बालीको उत्पादन माथी जोड दिने गरी राष्ट्रिय खाद्य बैँक लागी पर्ने दाबी गर्दै उत्पादित वस्तुहरु लाई भण्डारण गरी प्रशोधनसँगै प्याकेजीङ्ग गरेर बजारीकरण गर्ने गरी स्थानीय किसानहरु ,सहकारीहरु,यसमा काम गरी रहनु भएका नियमनकारी निकायका समुहहरु,गाउँपालिका हरुसँग समन्वय गरेर माटो परीक्षण देखी लिएर गुणस्तरको लागी सहयोग पुगाएर उत्पादन बढाउने खाद्य बैँकका कार्यकारी अध्यक्ष उप्रेतीले बताए ।