खुला विश्वविद्यालयमा नियुक्तिका लागि सर्च कमिटी गठन

जनता संवाददाता
२०७९ फाल्गुन ४ गते, बिहीबार

काठमाडौं । नेपाल खुला विश्वविद्यालय, कार्यकारी परिषद्ले डीन नियुक्तिका लागि सर्च कमिटी गठन गरेको छ ।

विश्वविद्यालयको कार्यकारी परिषद्ले प्रा।डा।राजेन्द्र ध्वज जोशीको संयोजकत्वमा पाँच सदस्यीय सर्च कमिटी गठन गरेको हो ।
सर्च कमिटीले खुला विज्ञापन गरेर डीन नियुक्तिका लागि सिफारिस गर्ने र कार्यकारी परिषदले नियुक्त गर्नेछ ।

२०७८ भदौदेखि व्यवस्थापन तथा कानून संकाय र समाजशास्त्र तथा शिक्षा, २०७८ पुस यता विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय डीनविहीन बनेको हो ।
दलहरुबीच भागवण्डा नमिलेका कारण लामो समयदेखि विश्वविद्यालयका तीनवटा संकाय प्रमुख विहीन छन् । तर, अब यो समस्या चाँडै समाधान हुने विश्वविद्यालयकी उपकुलपति प्रा।डा।शिलु मानन्धर बताउँछिन् ।

उनी भन्छिन्, ‘विविध कारणले डीन नियुक्ति गर्न समस्या भएको थियो । सर्च कमिटी नै गठन गरिएकोले अब यो समस्या चाँडै समाधान हुन्छ ।’

प्रकाशित मिति : २०७९ फाल्गुन ४ गते, बिहीबार


Scroll to Top

Janata Media