शर्मिला वाइबाको आत्महत्या प्रयास! वीर अस्पतालमा उपचार हुँदै

जनता संवाददाता
२०७९ फाल्गुन १८ गते, बिहीबार

काठमाडौँ । अन्टसन्ट बोलेर चर्चामा आएकी शर्मिला वाइबाले विषादी सेवन गरेकी छन्। बुधबार राति काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा वाइबाले विषादी सेवन गरेकी हुन्।

हाल उनको वीर अस्पतालमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार वाइबाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ।

वाइबाले आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी छन् ।

बुधबार राति उनले काठमाडौंको बानियाँटारस्थित आफ्नै निवासमा विषादी सेवन गरेको सूचना पाइएको एसएसपी कार्कीले बताए ।

कार्कीका अनुसार उनको स्वास्थ्य अवस्था खतरामुक्त छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १८ गते, बिहीबार


Scroll to Top

Janata Media