प्रतिनिधि सभा बैठक बस्दै, कार्यसूचीमा संवैधानिक परिषद् र बेपत्ता छानबिन विधेयक

जनता संवाददाता
२०७९ चैत्र १२ गते, आईतवार

काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजेदेखि बस्ने बैठकमा २ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुने सम्भावित कार्यसूची छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने पेस गर्ने कार्यसूची छ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीका तर्फबाट प्रधानमन्त्री प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको (तेस्रो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २०७९ चैत्र १२ गते, आईतवार


Scroll to Top

Janata Media