ट्राफिक प्रहरीले क्‍यूआरसहितको प्रतिलिपि सिफारिस दिने

जनता संवाददाता
२०७९ चैत्र १६ गते, बिहीबार

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबारबाट क्यूआर कोडसहितको प्रतिलिपि सिफारिस दिने भएको छ ।

सवारी साधनको कागजपत्र हराएको भनी प्राप्‍त निवेदनका आधारमा ट्राफिक प्रहरी कार्यालयमा कागजपत्रहरू भए/नभएको यकिन गरी कारबाहीमा नपरेको अवस्थामा ट्राफिक प्रहरीले प्रतिलिपिको सिफारिस दिंदै आएको छ ।

सिफारिस पत्रमा शंका लागेमा जुनसुकै क्‍यूआर कोड रिडरमार्फत क्यान गरी सक्कली वा नक्कली सिफारिस हो भनी चेक गर्न सकिनेछ ।

सिफारिस नक्कली नहोस् भन्ने उद्देश्यले क्‍यूआर कोड रिडरसहितको प्रतिलिपि सिफारिस गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

प्रकाशित मिति : २०७९ चैत्र १६ गते, बिहीबार