बङ्गलादेशको राजधानी ढाकामा भीषण आगलागी

जनता संवाददाता
२०७९ चैत्र २१ गते, मंगलवार

काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा भीषण आगलागी भएको छ।

ढाकाको लत्ताकपडा बजारको रूपमा परिचित बङाबजारमा आगलागी भएको बङ्गलादेशका मिडियाहरूले उल्लेख गरेका छन् ।

बङ्गलादेशको प्रमुख अङ्ग्रेजी भाषाको दैनिक डेली स्टारका अनुसार बिहानैबाट आगलागी सुरु भएको थियो।

अग्नि रक्षकका ७४ टुकडीले आगो नियन्त्रणमा लिने प्रयास गरेकोमा ८ः५० बाट पानी अभाव भएको थियो।

आगलागीको कारण अहिलेसम्म पत्ता लागेको छैन। आगलागीले कुनै मानवीय क्षति पनि भएको छैन।

प्रकाशित मिति : २०७९ चैत्र २१ गते, मंगलवार