गठबन्धन दलले चुनाव जित्नकै लागि समर्थन गरे, वैशाख १० पछि यो सरकार ढल्छ – ज्ञानेन्द्र शाही

जनता संवाददाता
२०८० बैशाख १ गते, शुक्रबार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारमा रहेका पार्टीले चुनाव जित्नका लागि मात्र सरकारलाई समर्थन दिएको बताएका छन् ।

पोखरामा शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता शाहीले अहिलेको सत्ता साझेदार दलले चुनाव जित्नकै लागी मात्र सरकारलाई समर्थन गरेकाले वैशाख १० पछि सरकार ढल्ने बताएका हुन् ।

‘केही साथीहरुले अहिलेको सरकारलाई समर्थन गरेको भनेको आफु चुनाव लड्नलाई मात्रै हो । जुन दिन चुनाव जित्छन्, त्यहिँ दिन त्यो सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ । र सरकार ढल्छ,’ उनले भने ।

फेल भएपनि पटकपटक नेतृत्वमा पुग्ने प्रवृतिले मुलुकलाई धरासाय बनाएको प्रवक्ता शाहीले आरोप लगाए । उनले भने, ‘हामी कुनै एउटा कक्षा फेल भयौं भने फेरि त्यहिँ कक्षा पढ्नुपर्छ । कक्षा बढाउन पाइदैन । तर, यहाँ जतिपटक फेल भएपनि पटकपटक नेतृत्वमा पुग्ने प्रवृतिको विकास भयो । यसले मुलुकलाई धरासाय ग¥यो र तपाईंहरुले स्पष्ट बुझ्नुस् की वैशाख १० गते पछाडी संसदीय अंकगणितको राजनीति फरक तरिकाले अगाडि बढ्छ ।’

प्रकाशित मिति : २०८० बैशाख १ गते, शुक्रबार


Scroll to Top

Janata Media