डोटीमा स्याउला लिन जंगल गएकी महिला मृत फेला

जनता संवाददाता
२०८० बैशाख १३ गते, बुधबार

डोटी । स्याउला ल्याउन जंगल गएकी डोटीको एक महिला मृत फेला परेकी छिन् । मंगलबार जिल्लाको जोरायल गाउँपालिका–१ तुसे बस्ने २१ वर्षीया अनिता मल्ल मृत फेला परेकी हुन् ।

बिहान नजिकैको जंगलमा स्याउला लिन गएकी उनी घर नफर्कीएपछि परिवारले खोजी गर्ने क्रममा उनी घरदेखि करिब २ किलोमीटर टाढा भिरबाट लडेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

उनको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको इलाका प्रहरी कार्यलय बिपीनगरका प्रहरी निरीक्षक लोकेन्द्र गुरुले जानकारी दिए । महिला गर्भवती रहेको खुलेको छ ।

प्रकाशित मिति : २०८० बैशाख १३ गते, बुधबार


Scroll to Top

Janata Media