नेपाल दूरसञ्चार कम्पनीको नाफा ५ अर्ब रुपैयाँभन्दा बढी

जनता संवाददाता
२०८० बैशाख ३१ गते, आईतवार

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले ५ अर्ब ४१ करोड १९ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

यो नाफा गत वर्षको तेस्रो त्रैमासको तुलनामा ०.४३ प्रतिशत कम हो। गत वर्ष यस अवधिमा कम्पनीको खुद नाफा ५ अर्ब ४३ करोड ५३ लाख ४६ हजार रुपैयाँ रहेको थियो।

यस्तै, कम्पनीको कुल सञ्चालन आयमा ३.०९ प्रतिशतले कमी आएको छ।

गत आर्थिक वर्षको ९ महिनाको अवधिसम्म कम्पनीको कुल सञ्चालन आय २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा यो आय ८७ करोड २९ लाख ६४ हजार रुपैयाँमा सीमित भएको छ।

यसैगरी कम्पनीको कुल आम्दानी २.०६ प्रतिशतले बढेको छ। गत वर्ष ३२ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी रहेको कुल आम्दानी यस वर्ष ३३ अर्ब २० करोड रुपैयाँभन्दा पुगेको छ।

हाल कम्पनीको चुक्तापुँजी १८ अर्ब रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ९वार्षिक० ४० रुपैयाँ ९ पैसा र प्रतिसेयर नेटवर्थ ५१९ रुपैयाँ ३ पैसा छ।

प्रकाशित मिति : २०८० बैशाख ३१ गते, आईतवार


Scroll to Top

Janata Media