बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं फिर्ता

जनता संवाददाता
२०८० जेष्ठ १३ गते, शनिबार

काठमाडौं । काठमाडौंबाट भारतको बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको छ ।
निबार दिउँसो पौने २ बजे काठमाडौंबाट बेंगलोरतर्फ उडेको आर ए २४४ कलसाइनको विमान चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
उनका अनुसार अहिले प्राविधिकहरुले उक्त जहाजको परीक्षण गरिरहेका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ १३ गते, शनिबार


Scroll to Top

Janata Media