डोटी- डोटीजिल्ला बेसबल तथा सफ्टबल संघ गठन भएको छ । आज सनिवार सम्पन्न भयको भेला बाट उपेन्द्र बोहराको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन भएको हो ।

जिल्ला उपाध्यक्षमा हर्क बोहरा , सचिवमा अभिशेक साउद कोषाध्यक्षमा महेन्द्र बोहरा , सदस्यहरुमा नरेन्द्र बोहरा ,मनोज बि.क निर्विरोध निर्वाचित भएका छन् ।यसैबीच संघको केन्द्रिय प्रतिनिधिमा उपेन्द्र बोहरा प्रदेश प्रतिनिधिमा उपेन्द्र बोहरा र नरेन्द्र बोहरा , गगन बोहरा ,इश्वरि भट्टराई लाई चयन गरेको छ ।कार्यक्रम जिल्ला खेलकुद समितिका अध्यक्ष प्रकाश शाही को प्रमुख आथिथ्यतामा सम्पन्न भएको थियो!







