साउनको पहिलो दिन के भयो सुनचाँदीको मूल्य ?

चक्र दानी
२०८० श्रावण १ गते, सोमबार

काडमाडौं । साउनको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजो आइतबारको तुलनामा सुन र चाँदीकै मूल्य स्थिर कायम भएको हो ।

महासंघका अनुसार हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो । आज सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य समेत स्थिर कायम छ । हिजो आइतबार पनि गत साताको शुक्रबारको तुलनामा चाँदीको मूल्य स्थिर कायम थियो । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० श्रावण १ गते, सोमबार


Scroll to Top

Janata Media