मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको २६ औँ वार्षिक साधारणसभा सम्पन्न

जनता संवाददाता
२०८० श्रावण १४ गते, आईतवार

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको २६ औँ वार्षिक साधारणसभा जिल्ला सभापति भगवान पुडासैनीको सभापतित्वमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

“चुरे ध्वस्त पार्न पाहिदैन स् मरभुमीकरण गर्ने नीति चाहिदैन” नाराका साथ सम्पन्न भएको उदघाट्न समारोहमा प्रमुख अतिथिका रुपमा साहित्यकार यादब खरेलले सत्ता अपराधीहरुका कब्जामा रहेको अवस्था शान्ति समाजले राजनीतिका शुद्धता र भ्रष्ट«ाचार अन्त्यका लागि आवाज उठाउन आग्रह गरे । जनयुद्ध दिवसलाई नेपाली जनताले अपनत्व ग्रहण गर्न नसक्ने बताउँदै उनले शान्ति समाजको आदेशको आफुले उच्च सम्मान गरेको बताए ।

कार्यक्रममा शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पुर्व सभापति होमकान्त चौलागाईं, वरिष्ठ उपसभापति कृष्ण रावल, महासचिव रेनुका पौडेल, शिक्षाकर्मी महेन्द्र भट्टराई, सामाजिक अभियान्ता परशुराम पोखरेल, शान्ति समाजका केन्द्रिय सचिब रामप्रसाद जोशी समेतले आफ्नो धारणा राखेका थिए । समाजका जिल्ला कोषाध्यक्ष विकास थापाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा साहित्यकार त्रिभुवनचन्द्र वाग्लेले कविता वाचन गरेका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा आगामी २ बर्षका लागि तपशिलमा उल्लेखित १५ सदस्य नयाँ कार्यसमितिको चयन समेत गरेको छ ।

भगवान पुडासैनी सभापति, बिकास थापा उपसभापति, सार्जन चापागाईं सचिव, रोजिना बिस्ट सहसचिव, सानु लामा कोषाध्यक्ष तथा सदस्यहरुमा रविना धमला, रेखा बस्नेत, नरेन्द्र श्रेष्ठ, सुरज बोहरा, सुन्दरराज पुडासैनी, मणिराम दाहाल, बुद्धराज रिसाल निर्विरोध निर्वाचन भए । अब ३ जना जिल्ला कार्यसमितिले मनोनीत गर्ने छ ।

प्रकाशित मिति : २०८० श्रावण १४ गते, आईतवार


Scroll to Top

Janata Media