विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन प्रधानमन्त्रीक‍ो निर्देशन

जनता संवाददाता
२०८० श्रावण २३ गते, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुंवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।

उद्दार, राहत र पुर्नस्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन छ ।

प्रकाशित मिति : २०८० श्रावण २३ गते, मंगलवार


Scroll to Top

Janata Media