जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

जनता संवाददाता
२०८० श्रावण २४ गते, बुधबार

काठमाडौं । काठमाडौंको कपनमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर बस्ने दिपक बानियाँको घरको छतमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ जोरपाटी बस्ने ५२ वर्षीय अरुण घिमिरे समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २०८० श्रावण २४ गते, बुधबार


Scroll to Top

Janata Media