परिवर्तनका लागि शान्त विद्रोहमा छौं : सभापति रवि लामिछाने

जनता संवाददाता
२०८० भाद्र १ गते, शुक्रबार

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु शान्त विद्रोहबाट देश परिवर्तनका लागि प्रयास गरिरहेको बताएका छन् ।

कुनै नेपालीले एक थोपा रगत नबगाइ जनताले चाहेको परिवर्तनको आँट स्वतन्त्र पार्टीले लिएको उनको भनाइ छ । कसैसँग हानाहान गरेर, रगत बगाएर सुदूर भविष्यको यात्रामा नहिंडेकाले आफूहरुसँग सहयात्रा गर्न इलामे नागरिकलाई लामिछानेले आग्रह गरे ।

इलामको फिक्कल बजारमा आयोजित सभालाई आज सम्बोधन गर्दै हरेक निर्वाचनमा अहिलेसम्मका दलहरुले अनेक बहानामा देशको अर्थतन्त्र विगारेको उनले टिप्पणी गरे । लामिछानेले अहिले चलिरहेको सुन काण्ड, ललिता निवास र नक्कली भुटानी शरणार्थी काण्डलाई सही ढंगले छानविन गर्न आग्रह समेत गरे ।

प्रकाशित मिति : २०८० भाद्र १ गते, शुक्रबार


Scroll to Top

Janata Media