एक सातामा सुनको मूल्य ४२ सय रुपैयाँले घट्याे

जनता संवाददाता
२०८० आश्विन १४ गते, आईतवार

काठमाडौं । एक सातामा मात्रै सुनको मूल्य ४२ सय रुपैयाँले घटेको छ । साताको पहिलो दिन आजमात्रै पनि बजारमा छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँ कायम भएको छ भने, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा झरेको छ ।

अहिले अन्तर्राष्ट्रिय बजारदेखि नेपाली बजारसम्म मानिसहरुले सुनको विक्री अत्याधिक मात्रामा गरिरहेको कारणले सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताए । उनका अनुसार विश्व बजारमा नै सुनको ‘सेलिङ प्रेसर’ एकदमै हाई अर्थात अत्याधिक रहेको छ ।

‘नेपालमा मात्रै सुनको मूल्य घटेको छैन । विश्वभरि नै सुनको मुल्य यस्तै रुपमा घटिरहेको छ । ‘अन्तर्राष्ट्रिय बजारमा नै सुनको सेलिङ प्रेसर एकदमै हाई रहेको छ’ अध्यक्ष शाक्यले भने, ‘नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय डलरको मूल्यअनुसार बढ्ने घट्ने हुन्छ । अहिले बाहिरी देशहरुमा कम्पनीहरुको होम सेलिङ व्यापार पनि घट्दो क्रममा छ ।’

‘राष्ट्र बैंकले २० केजि सुनको ल्याउने मात्रा बढाएर सुनको मूल्य नघटेको उनको भनाइ छ। ‘राष्ट्र बैंकले ल्याएको नियम मात्रै हो’ शाक्यले भने, ‘तर २० केजि सुन ल्याइएको छैन । त्यो भनेको निश्चित समयका लागि बजार नबिगार्नका लाति ल्याइएको नीति मात्रै हो । त्यसैले अहिले बजारमा सुनको माग बढेको छैन ।’

प्रकाशित मिति : २०८० आश्विन १४ गते, आईतवार


Scroll to Top

Janata Media