इजरायली हवाइ आक्रमण: ज्यान गुमाउने प्यालेस्टाइनीको संख्या ६ हजार ५०० नाघ्यो

जनता संवाददाता
२०८० कार्तिक ९ गते, बिहीबार

कठमाडौँ । गाजापट्टीमा इजरायली हवाइ हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६ हजार ५४६ पुगेको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार यसबारे जानकारी दिएको छ।

तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनी घाइते भएको पनि मन्त्रालयले जनाएको छ ।

अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : २०८० कार्तिक ९ गते, बिहीबार


Scroll to Top

Janata Media