महिला क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा चयन

जनता संवाददाता
२०८० कार्तिक २३ गते, बिहीबार

काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त भएकी छिन्।करिब ११ वर्षदेखि कप्तानको रुपमा रहेकी रुबिना क्षेत्रीको स्थानमा इन्दुलाई जिम्मेवारी दिइएको हो । रुबिना राष्ट्रिय टोलीमा यथावत भने छिन्।

टोलिमा कप्तान इन्दु बर्मा, उप कप्तान विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, सङ्गीता राई, ज्योति पाण्डे, पूजा महतो, रोमा थापा, ईश्वरी विष्ट, सम्झना खड्का, रूवि पोदार, सबनम राई, अश्मिना कर्माचार्य, खुसी डङ्गोल, कृतिका मरासिनी, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ, मनीषा चौधरी र कविता जोशी छन् ।

प्रकाशित मिति : २०८० कार्तिक २३ गते, बिहीबार


Scroll to Top

Janata Media