काठमाडौँ । इजरायल र प्यालेस्टाइनी सशस्त्र समूह हमासबिच जारी युद्ध अल्पकालीन समयका लागि रोकिने सम्भावना बढेको छ।
दुवै पक्षसँग रहेका युद्धवन्दीहरूलाई रिहा गराउन दुवै पक्ष युद्ध विराम गर्न राजी भएको समाचारहरू बाहिरिएका छन्। योसँगै हमाससँग बन्धक रहेका नेपाली विद्यार्थी विपीन जोशी रिहा हुने सम्भावना बढेको छ।







