काठमाडौँ । झापाको दमकमा हात्तीको आक्रमणमा परेर ७२ वर्षीय एक भुटानी शरणार्थी वृद्धको ज्यान गएको छ । मङ्गलवार बिहान ११ बजेबाट हराई रहेका वृद्ध पदमलाल तामाङ शव स्थानीय हम्सेदुम्से सामुदायिक वनको जङ्गलभित्र बिभत्स अवस्थामा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्तीAको आक्रमणमा परेर वृद्धको मृत्यु भएको हो । हात्तीले कुल्चेर र लछारपछार गरेपछि वृद्धको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।
भुटानी शरणार्थी शिविर बेलडाँगीको छाप्रो वृद्ध नफर्केपछि खोजिगर्दा स्थानीयले जङ्गलमा शव देखेर राती करिब ८ बजेतिर प्रहरीलाई खबर गरेका थिए । राती नै प्रहरी गएर मुचुल्का उठाएर शव आफन्तको जिम्मा लगाएको पनि जनाइएको छ ।