देव खनालको कप्तानीमा यू–१९ एसिया कप क्रिकेट टोलीको घोषणा

जनता संवाददाता
२०८० मंसिर १३ गते, बुधबार

काठमाडौँ । सन् २०२३ को यू–१९ एसिया कपका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार देव खनालको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।

टोलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, हेमन्त धामी, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापामगर, विपिन रावल, तिलक राजभण्डारी र आकाश चन्द छन् ।

एसिया कप डिसेम्बर ८ तारिखदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा हुँदैछ । एसिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा नेपालसहित अफगानिस्तान, भारत र पाकिस्तान रहेको छ ।

प्रकाशित मिति : २०८० मंसिर १३ गते, बुधबार


Scroll to Top

Janata Media