काठमाडौँ । आजियटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गरे पछि विवाद भइरहेको अवस्थामा उच्च अदालत पाटनले एनसेलको सेयर बिक्री नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
कानुन व्यवसायी गोकुलबहादुर रोकायाले दायर गरेको रिटमा न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले सेयर बिक्री कारोबार नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका अन्तरिम आदेश जारी गरेको छ।
अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई २५ मंसिर छलफलमा लागि समेत बोलाएको छ।एनसेलको सेयर बिक्री रोक्न माग गर्दै रोकायाले अदालतमा रिट दायर भएको छ।
दूर सञ्चार प्राधिकरणले पूर्व स्वीकृत बिना सेयर खरिद बिक्री नगर्नु भनि पत्र लेख्दा लेख्दै पनि विपक्षीले सरकारलाई तिनु बुझाउनुपर्ने कर पुँजीगत लाभकर समेत छल्ने उद्देश्यबाट बिदेशमा कम्पनी खोली सेयर बिक्री गरेको हुँदा गैर कानुनी कारोबार भएको भन्दै यसलाई कानुनी मान्यता नदिन माग गरेको रोकायले अदालतमा दायर गरेका थिए। यसलाई कानुनी मान्यता दिन नमिल्ने उनको जिकिर छ।
विपक्षी आजिएटाले बुझाउनुपर्ने पुँजीगत लाभकर विदेशी मुद्रा नेपालमा पठाई तिर्नु बुझाउनु पर्नेमा ठूलो मात्रमा विदेशी मुद्रा अपचलन गरी सेयरधनी मिलि एनसेलले नेपालमा आर्जन गरेको नेपाली मुद्राबाट पुँजीगत लाभकर तिरेको समेत रिटमा दाबी गरिएको थियो।