ललितपुरको झम्सिखेलमा गोली चलाएर लागुऔषध कारोबारी नियन्त्रणमा

जनता संवाददाता
२०८० मंसिर २६ गते, मंगलवार

काठमाडौं । ललितपुरको झम्सिखेलमा गोली चलेको छ। लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो।

गोली लागेर एक जना घाइते भएको र उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ।

पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि लागुऔषध कारोबारीलाई गोली प्रहार गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० मंसिर २६ गते, मंगलवार


Scroll to Top

Janata Media