काठमाडौं । कान्तिपुर पब्लिकेशन लिमिटेडलाई रवि लामिछानेले अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गराका छ्न् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।
उनले कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानलगायतलाई प्रतिवादी बनाएर गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेका हुन्।
सभापति लामिछानेले फिराद पत्रमा आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको उल्लेख छ। उक्त विवादको आगामी माघ १७ गते सुनुवाइ ताकिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसादले पन्थीले जानकारी दिए।
सभापति लामिछानेले फिराद पत्रमा आफ्नो इज्जत, प्रतिष्ठा, राजनीतिक जीवनमा समेत गम्भीर असर पुर्याउने मनसायले जानी बुझी चरित्र हत्या गर्ने गरी समाचार प्रकाशित गरेको उल्लेख गरेका छन्। उक्त समाचारबाट आफू र आफ्नो परिवारको इज्जत प्रतिष्ठा र राजनीतिमा समेत हानि नोक्सानी भएकाले प्रतिवादीबाट कानुनअनुसार साङ्केतिक रुपमा एक सय ५१ क्षतिपूर्ति दिलाउन माग गरिएको छ।
सामाजिक सञ्जाल फेसबुकमा लामिछानेले लेखेका छन्,“एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिए,देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो।मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु।”







