
काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र बनाएर बिहान १० बजेर १७ मिनेटमा ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो।
भूकम्प काठमाडौं भक्तपुर र ललितपुरलगायतका स्थानमा पनि महशुस गरिएको छ।