हुम्लामा ४ दिनदेखि बेपत्ता एक पुरुषको शव फेला

जनता संवाददाता
२०८० पुष २१ गते, शनिबार

हुम्ला । चार दिनदेखि बेपत्ता एक पुरुषको शव फेला परेको छ । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका बराइ गाउँका अन्दाजी वर्ष ४५ का गोर्ख बुढाथोकीको शव फेला परेको हो ।

पुस १६ गते बेलुका बाख्रालाई गोठमा ल्याउन हिँडेका बुढाथोकी गाउँ नजिकैको अल्का ढुस्काको भिरबाट खसेर मृत्यु भएको स्थानीयले बताए । मृतक बुढाथोकीको शुक्रबार दाह संस्कार गरिएको गरिएको थियो ।

प्रकाशित मिति : २०८० पुष २१ गते, शनिबार


Scroll to Top

Janata Media