चिसोका कारण जाजरकोटमा एक भूकम्प पीडितको मृत्यु

जनता संवाददाता
२०८० पुष २२ गते, आईतवार

जाजरकोट । चिसोले गर्दा जाजरकोट एक भूकम्प पीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो ।

पालको बसाइले बिरामी भएपछि कर्णबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । कडा निमोनियाँ देखिएपछि त्यहाँ उपचार नभएपछि प्रदेश अस्पताल सुर्खेत रेफर गरेर सुर्खेत पुर्‍याउँदा पनि कर्णबहादुरको उपचार सम्भव भएन । उपचारकै क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छोरा रूपलाल विकले बताए ।

भूकम्पपछि त्रिपालमुनि चिसोका कारण मृत्यु हुनेको सङ्ख्या जाजरकोटमा ३१ र रुकुम पश्चिममा ५ गरी ३६ जनाको मृत्यु भैसकेको छ । हिउँदको कठ्याङ्ग्रिँदो चिसोमा त्रिपालमुनि रात कटाउन बाध्य भूकम्प पीडितहरूको ज्यान जाने क्रम रोकिन सकेको छैन ।

प्रकाशित मिति : २०८० पुष २२ गते, आईतवार


Scroll to Top

Janata Media