क्रिकेटर सन्दीप लामिछानेलाई सजाय निर्धारण गर्न बहस जारी

जनता संवाददाता
२०८० पुष २५ गते, बुधबार

काठमाडौं । बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई सजाय निर्धारण हुनुपूर्व अहिले बहस भइरहेको छ।

जिल्ला अदालत काठमाडौं का न्यायाधीश शिशिरराज ढकालको इजलासमा बहस भइरहेको हो ।

बहस सकिएपछि न्यायाधिश ढकालले लामिछानेलाई लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछन् ।

जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्युनतम सजाय माग गर्दै बहस गरिरहेका छन् ।

पीडित गौशाला–२६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजालसले सन्दीपलाई दोषी ठहर गरेको थियो ।

इजलासले काठमाडौंदेखि नगरकोट गई फेरि काठमाडौं फर्किएर गौशालास्थित ‘काठमाडौँ होटल इन’मा एकै कोठामा बसेको र करणी भएको देखिएको अदालतको फैसलामा उल्लेख छ ।

अदालतले पीडित भनिएकी गौशला– २६ लाई नाबालिग नरहेको ठहर गरे पनि निजको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएको फैसलामा उल्लेख गरिएको छ ।

दालतले लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १, २ र ३ ९ङ० बमोजिम कसुर गरेको जनाएको छ ।

यस्तै, उपदफा ३ ९ङ० मा १८ वर्ष वा सोभन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्षसम्म कैद सजाय हुन सक्ने उल्लेख छ ।

यस्तोमा सन्दीपलाई कम्तिमा ७ र बढिमा १० वर्ष जेल सजाय तोकिने छ ।

प्रकाशित मिति : २०८० पुष २५ गते, बुधबार


Scroll to Top

Janata Media