यू-१९ विश्वकप अघिको नेपाल र वेस्टइन्डिजबीचको अभ्यास खेल वर्षाको कारण रद्द

जनता संवाददाता
२०८० माघ ३ गते, बुधबार

काठमाडौँ । आईसीसी १९ वर्ष मुनिको विश्वकप अघिको अभ्यास खेलमा नेपाल र वेस्ट इन्डिजको खेल वर्षाका कारण रद्द भएको छ । दक्षिण अफ्रिकाको जोहानेसवर्गमा हिजो नेपालले टस जितेर बलिङ रोजेपछि वेस्ट इन्डिजले पहिले ब्याटिङ गरेको थियो । वेस्टइन्डिजले ८ ओभर ३ बलमा १ विकेट गुमाउँदै ३३ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो ।

योसँगै नेपालको दक्षिण अफ्रिकामा १९ वर्ष मुनिको विश्वकपको तयारी पनि सकिएको छ । यसअघि नेपालले गएको शनिवार भएको औपचारिक पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ७ विकेटले हराएको थियो ।

१९ वर्ष मुनिको विश्वकप आउँदो शुक्रवारदेखि शुरु हुनेछ । यो विश्वकपमा नेपालसहित १६ वटा देश सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् ।

प्रकाशित मिति : २०८० माघ ३ गते, बुधबार


Scroll to Top

Janata Media